मनमोहक लाङटाङ श्रृङ्खला
काठमाडौँ : लाङ्टाङ राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाबाट नजिकै पर्ने प्रमुख आकर्षक पर्यटकीय क्षेत्र हो । नुवाकोट, सिन्धुपाल्चोक र रसुवा जिल्लामा पर्ने लाङटाङ पदमार्गका लागि चर्चित छ ।
खासगरी पदमार्गसँगै लाङटाङ राष्ट्रिय निकुञ्जमा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । २०३२ सालमा स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौँबाट नजिकै पर्ने दोश्रो राष्ट्रिय निकुञ्ज हो।
प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड पनि यसै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्दछ । जसकारण धार्मिक तथा अन्य पर्यटक पनि लाङटाङ पुग्ने गरेका छन् । रसुवा पुगेपछि धुन्चेबाट देखिने लाङटाङको दृश्य साच्चै मनमोहक छ ।