सन्दर्भ : सहिद दिवस
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए [फोटो फिचर]
काठमाडौं – आज सहिद दिवशको अवसरमा काठमाडौंको सहिद गेटमा रहेका सहिदका शालिकमा माल्यार्पण गर्नेको बिहानैदेखि बाक्लो उपस्थिति देखिन्छ ।काठमाडौंको लैनचौरस्थित सहिद पार्कमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले माल्यापर्णण गरेका छन् ।
खासगरी सहिदको योगदान सम्झेर आजको दिन उनीहरुको सम्मानमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिने गरिन्छ । देश बन्नुमा सहिदको योगदान अमूल्य हुन्छ । त्यही भएर भूपि शेरचनले कवितामा भनेका छन्, ‘हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।