फोटो फिचर

सरस्वतीको शरणमा बालकदेखि वृद्धसम्‍म[फोटो फिचर]

अनुज बज्राचार्य |
माघ २३, २०७८ बजे

काठमाडौँ - विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै आइतबार श्रीपञ्चमी मनाइँदै छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्‍ने गरेको छ ।



यो दिन साना बालबालिकालाई अक्षरारम्भ गराउने पनि चलन छ । यसदिन सरस्वतीको पूजा गरे बुद्धि बढ्नुका साथै अध्ययनमा राम्रो हुने विश्वास रहेको छ । ऋतुहरूको राजा बसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्‍छ ।

यसै समयदेखि दाफालगायत विभिन्‍न भजन समुहले बसन्त राग गाउन थाल्छन् । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदालगायत नामले समेत सम्बोधन गरिन्‍छ ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार