फोटो फिचर

मकर मेलाको अन्तिम दिन भीडभाड [फोटो फिचर]

इकागज |
माघ २९, २०७८ बजे

काठमाडौं– काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाको आज अन्तिम दिन निकै भीड लागेको थियो। मेला भर्न भएका भक्तालुका कारण भक्तपुरसम्मको सवारी आवागमन अस्तव्यस्त बनेको थियो । 

महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राम केसीले मकर मेला भर्न जाने र फर्कने रिजर्भ तथा निजी र सार्वजनिक सवारीसाधनको चाप अत्यधिक भएपछि बिहानैदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत सल्लाघारी–साँगा सडकमा घण्टौँ सवारी जाम हुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जानकारी दिए । 


अरनिको राजमार्गमा घण्टौँ जाम भएपछि यस राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको भक्तपुरको च्यामासिं, ताथली, नाला हुँदै बनेपा जाने सडकमा समेत सवारी चाप बढेको छ ।

 

 

फोटो : रासस र  सामाजिक सञ्जाल
 



Author
थप समाचार