फोटो फिचर

थोत्रा गाडीका ग्यारेजजस्तै सरकारी कार्यालय परिसर (फोटो फिचर)

इकागज |
फागुन १४, २०७८ बजे

काठमाडौं– विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरी नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन्। सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडीका ग्यारेजजस्तै बनेका छन्।

केही वर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझै देखिन्छन्। पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन्। कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौंदेखि थन्किएका गाडी मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।


राजधानीको पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातायात विभाग परिसर, सडक विभाग र सिंहदरवार परिसरमा पुराना गाडीहरु थन्किएका छन्।



Author
थप समाचार