फोटो फिचर

आजका ७ तस्बिर :

फाेटाे : भक्तपुरमा क्युबाका राजदूतदेखि अफ्रिकाबाट किलिमन्जरोसम्म

इकागज |
फागुन १८, २०७८ बजे

अफ्रिकाको जंगलमा हात्तीहरु हिड्दै । पछाडिको दृश्य तान्जानियाको किलिमन्जरो हिमालको हो । फोटो : एपी

नेपालका लागि क्युवाका गैर आवासीय राजदूत एलेजान्ड्रो सिमानकास मारिनले बुधबार भक्तपुर नगरपालिका क्षेत्रका ऐतिहासिक एवं विश्व सम्पदा सूचीमा रहेको सम्पदाहरुको अवलोकनपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति । फाेटाे : रासस

विगत १२ वर्षदेखि ठेकेदारले विभिन्न वहाना बनाई निर्माण सम्पन्न नगरी अलपत्र अवस्थामा छोडेको सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको मोटरेवल पुल । तस्बिर : सुजन बज्राचार्य/रासस


लमजुङ मध्यनेपाल नगरपालिकास्थित करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर बत्ती बालेमा सन्तान हुने वा पुत्रलाभ हुनुका साथै अन्य मनोकामना पूरा हुने जनविश्वासमा शिवरात्रि पर्वको अवसरमामा पूजा गर्दै दर्शनार्थी । फाेटाे : रासस  

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ मन्दिरमा लागेको महाशिवरात्रि मेला सकाएर फर्किदै भारतीय साधु । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस

 

भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै । सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि बन्न नसक्दा विद्यार्थी मारमा छन् ।  फाेटाे  : रासस 

अफ्रिकामा फोहोरमा काम लाग्न सक्ने चीज बस्तु खोज्दै महिला । जहाँ गिद्द लगायत चराहरु फोहोरमा बसेका बेला महिला पनि यसरी फोहोरमै केही खोज्नु अफ्रिकाका मानिसहरु निकै गरीबीबाट गुज्रिरहेको दृश्य हो । फोटो : एपी 
 



Author
थप समाचार