फूलपातीलाई स्वागत गर्दै सेना
फाेटाे पिचर
काठमाडौं : बडादसैंको सातौं दिन आज काठमाडौको टुँडिखेलस्थित सैनिक मञ्चमा सेनाले गोरखाबाट ल्याएको फूलपातीलाई स्वागत गरेको छ । नेपाली सेनाको टुकडीले तोप पड्काएर फूलपातीको स्वागत गरेको हो ।
गोरखाबाट ल्याइएको फूलपाती पुजारीले विधिपूर्वक हनुमान ढोकास्थित दसैंं घरमा भित्र्याउने चलन छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय हासिल गरेर हनुमानढोका दरबारबाट शासन सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती ल्याउने प्रचलन सरू भएको हो ।
तस्बीरहरू : सरोज बैजु