बृहत् नागरिक आन्दोलनले गर्यो प्रतीकात्मक शवसहित मार्चपास
काठमाडौं : महिलामाथि हुने हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतिकात्मक शव जुलुस निकालेको छ । प्रतिकात्मक शव र मलामीसहित शुक्रबार नागरिक आन्दोलनले वसन्तपुर दरबार स्क्वाएरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेको हो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको र साे कदम प्रतिगामी भएकाे भन्दै कार्यक्रम गरिएकाे बताइएकाे छ ।