पशुपति परिसरमा महाशिवरात्रिको चहलपहल (फोटो फिचर)
काठमाडौँ : पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ । महाशिवरात्री यस वर्ष बिहिबार(भोलि) परेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्र का साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छ। केही बेलुकासम्म आउने छन् । पशुपति नाथमा शिवरात्रीका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन् ।
यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकाश कोषले शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ ।