रंगको पर्वको उमंग घट्यो [फाेटाे फिचर]
काठमाडौं– पर्सी (बिहीबार) रंगहरुको पर्व होली । होली पर्व नेपालीहरुले प्रेम र सद्भाव साटासाट गर्दै मनाउँछन्। प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो होली । होली रङ्गहरूको चाड हो । यो दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन्।
नेपालमा पनि होली विभिन्न किसिमले मनाउने गरेका छन् । होली पर्वको केही दिनअघिदेखि नै नेपालीहरु यो चाडमा रम्ने गरेका हुन् । होलीका लागि विशेष कपडा, पहिरन लगाउनेदेखि रंग छानेर अघिल्ला दिनदेखि नै रंगसँग रमाउने गरेका छन् ।
तर, यो वर्ष बजारमा होलीको उमंग खासै देखिएको छैन । बजारमा त्यति धेरै चहलपहल नभएको व्यवसायीहरु बताउँछन् । अघिल्ला वर्षहरुमा जस्तै नयाँ पहिरन किन्ने, होटलहरु बुक गरेर बस्नेहरु घटेका हुन् । त्यसैले होलीको समयमा पनि रंग बजार सुनसान जस्तै बनेको छ । रंगहरुको बजार मानिने काठमाडौंका केही प्रमुख बजार र पाटनमा भएका चहलपहललाई उतारिएको छ।