फूलका थुंगा छरेर होली [फोटो फिचर]
काठमाडौँ : रङ र पानीले मनाइने होली भने पृथक तरिकाले मनाइएको छ । इस्कोन संस्थाको आयोजनामा काठमाडाैँकाे बुढानिलकण्ठमा फूलका थुंगा छरेर होली मनाइएको छ । जुन नेपालमा होलीको दिन मनाइने फरक र नयाँ सन्देशसहितको उत्सव हो ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार होली कार्यक्रम वैदिक तरिकाले मनाइएको छ । जुन विभिन्न रसायन मिसाएर बनाइएको रङभन्दा आफ्नै घर वरिपरी रहेका फूलहरुको प्रयोगले होली खेल्नु सभ्य, एकताको सन्देश र व्यवस्थित हुने विज्ञप्तिमा उल्लेख छ ।
स्कोन नेपालले विभिन्न ठाउँमा वर्षेनी होलीका दिन फूलका थुंगाले होली मनाउने गरेको छ ।