फोटो फिचर

पानी आउँदैन काठमाडौंका ढुंगेधारामा [फोटो फिचर]

अनुज बज्राचार्य |
चैत ८, २०७८ बजे

काठमाडौं– आज विश्व पानी दिवश । राजधानी काठमाडौंसहित देशभर यो दिवश मनाइयो । उपत्यकामा मेलम्चीको पानी आउँछ भनेर सरकारले ढाँटेको वर्षाै भयो । आयोजना सर्भेक्षण गरिएको झण्डै साढे तीन दसक पुग्न लाग्यो । तर, पनि राजधानीमा पानी झर्ने अन्योल अझै उस्तै छ । 

सरकारले मेलम्चीको पानी ल्याएर काठमाडौंवासीको सुकेको आँत भिजाउँछु भनेर धेरै वाचा गरिसकेको छ । धेरै भाखा राखिसकेको छ। नयाँ वर्ष, दसैं जस्ता भाखाले उपत्यकावासी आजित भइसकेका छन् ।


यसैबीच, राजधानीका घरमा रहेका धारामा मात्रै हैन, पहिलेदेखि नै प्राकृतिक रुपमा आउने गरेको ढुंगेधारामा समेत पानी झर्न छाडिसकेको छ । उपत्यकाका विभिन्न स्थानमा रहेर पानी सुकेका यस्ता ढुंगेधारमा पुगेर इकागजकर्मी अनुज बज्राचार्यले यसरी फोटो कैद गरेका छन् ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार