फोटो फिचर

काठमाडौँमा होलीको रौनक (फोटो फिचर)

सरोज बैजु |
चैत १५, २०७७ बजे

काठमाडौँ : फागुन शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यकामा होलीको रौनक छ । आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ र लोला खेली मनाइन्छ । 


यस वर्ष कोभिड-१९ ले गर्दा होलीको उल्लास देखिएको छैन् । गएको वर्ष कोभिडका कारण होली मनाइएन । कोभिडको कारण यस वर्ष पनि समूहमा होली नखेल्न प्रशासनले आग्रह गरेको छ । घर परिवारमै फागु पूर्णिमा मनाउन प्रशासनको अनुरोध छ । 

काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढालेपछि होली सुरु हुन्छ । 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार