अटो

सान्भी अटो लिंकले नयाँ बानेश्वरमा उद्घाटन गर्‍यो टिभिएसको नयाँ शोरुम

इकागज |
जेठ १२, २०८१ शनिबार ११:९:२ बजे

काठमाडौँ- सान्भी अटो लिंकले नयाँ बानेश्वर काठमाडौँमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर-२ का सांसद दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिंकका सञ्‍चालक कृष्ण थापाले जनाएका थिए ।


उपभोक्ताहरूको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्‍चालन भएको सान्भी अटो लिंकको नयाँ शोरुमले टिभिएस बाईक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारलगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको छ ।

जगदम्बा मोटर्स प्रा.लि नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।
 


Author

थप समाचार
x