बैंक-वित्त

हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको प्रभु बैंकसँग विशेष छुट सम्झौता

इकागज |
जेठ २२, २०८१ मंगलबार २१:८ बजे

कुश्मा- आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न भिन्न भाषा संस्कृति, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगायतका साहसिक त्रियाकलापका लागि चर्चित ठाउँ पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.र लमजुङ जिल्लाको सदरमुकाम बेँसीशहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.को प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । 


सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रा.लिमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा र्याफ्टिङ लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । हार्नेस जिपलाइन प्रा.लि, पछिल्लो तीन वर्षदेखि संचालनमा आएको र छोटो समयमा नै धेरै साहसिक मनहरूलाई आकर्षित गर्न सफल भएको देखिन्छ । यस्तै गेट वे हिमालय रिसोर्ट प्रा.लि मा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

गेट वे हिमालय रिसोर्ट प्रा.लि, पछिल्लो एक दशकदेखि संचालनमा आएको बेँसीशहर जिल्लाकै सुविधा सम्पन्न रिसोर्टको रुपमा परिचित पाइन्छ तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरूलाई “विश्वास लिन्छौं विश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । 


 


Author

थप समाचार
x