कर्पोरेट

नेपाली प्रयोगकर्ताप्रतिको आफ्नो प्रतिबद्धता बलियो बनाउँदै राकुटेन भाइबर

इकागज |
बैशाख १८, २०८१ मंगलबार १८:३६ बजे

काठमाडौँ- कलिङ र मेसेजिङ एप्लिकेसनहरूको दुनियाँमा विश्वकै अग्रणी एप राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायहरूसँग साझेदारी गर्ने भएको छ । यस सहकार्यको उद्देश्य नागरिकहरूलाई महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचनाहरू प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकहरूलाई अन्तरक्रियात्मक अभियानहरूमा संलग्न गराउनु रहेको छ ।

यस पहलको एक अङ्गको रूपमा राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरूमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्नेछ । यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनको लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन् । यसबाहेक राकुटेन भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग “स्वास्थ्य सूचना”अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको छ ।


स्वास्थ्य सूचना पहलको एक अंशको रूपमा, आम जनताले आधिकारिक दिशा निर्देशहरू र विश्वसनीय स्रोतहरूबाट प्रत्यक्ष रूपमा प्राप्त हुने अन्य महत्वपूर्ण जानकारीसहित सही र समयमै स्वास्थ्य सम्बन्धी विविध सामग्रीमा पहुँच पाउनेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सिनियर हेल्थ एडमिनिस्ट्रेटर डा. प्रकाश बुढाथोकीले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, ' स्वास्थ्य सम्बन्धित जानकारी जनमानसमा पुर्‍याउने हाम्रो प्रयासलाई विस्तार गर्न राकुटेन भाइबरसँग मिलेर काम गर्न पाउँदा अत्यन्त खुसी छौं ।'

'राकुटेन भाइबरको गोपनीयता र सुरक्षाप्रतिको प्रतिबद्धताका कारण पनि प्रयोगकर्ताहरूले सरकारी सञ्चारको लागि आधिकारिक र विश्वसनीय स्रोतको रूपमा यस प्लेटफर्ममा विश्वास गर्न सक्छन् । नेपाल सरकारसँगको सहकार्यले पारदर्शिता, संलग्नता र महत्त्वपूर्ण सूचनाहरूमा नागरिकको पहुँच बढाउनका लागि प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अगाडि बढेको छ,' राकुटेन भाइबर, एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले टिप्पणी गरे  ।


Author

थप समाचार
x