क्रिकेट

विश्वकपमा न्यूजिल्यान्डको खराब प्रदर्शनपछि कप्तानको पदबाट केनको राजीनामा

इकागज |
असार ५, २०८१ बुधबार १०:२९ बजे

काठमाडौँ- केन विलियम्सनले न्यूजिल्यान्ड क्रिकेट टिमको कप्तानको पदबाट राजीनामा दिएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपको समूह चरणबाटै न्यूजिल्यान्ड बाहिरिएपछि केनले कप्तानी छाड्ने निर्णय गरेका आईसीसीले जनाएको हो ।


विश्वकपमा वेस्ट इन्डिज र अफगानिस्तासँग पराजित भएपछि न्यूजिल्यान्ड समूह 'सी' बाट सुपर ८ मा पुग्न असफल रह्यो ।

केनले कप्तानी छाड्नुका साथै न्यूजिल्यान्डको सेन्ट्रल कन्ट्रयाक्टको अवसरलाई पनि अस्विकार गरेका छन् ।

कप्तानी छाडेपनि ३३ वर्षीय केनले भने न्यूजिल्यान्डका लागि खेलिरहने प्रतिवद्धता जनाए ।


Author

थप समाचार
x