क्रिकेट

टी-२० विश्वकपः दक्षिण अफ्रिकाले आज राति अमेरिकाको सामना गर्दै

इकागज |
असार ५, २०८१ बुधबार १५:३८ बजे

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको 'सुपर ८' अन्तर्गतको पहिलो खेलमा दक्षिण अफ्रिकाले आज राति अमेरिकाको सामना गर्दैछ ।

सुपर ८ को समूह '२' मा रहेका दक्षिण अफ्रिका र अमेरिकाबीचको खेल वेस्ट इन्डिजमा नेपाली समयअनुसार आज राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


दक्षिण अफ्रिका समूह 'डी' मा चारवटै खेल जितेर सुपर ८ मा प्रवेश गरेको थियो । यता सह-आयोजक अमेरिका भने समूह 'ए' को उपविजेता टिम हो ।

सुपर ८ अन्तर्गतको समूह '२' मा दक्षिण अफ्रिका र अमेरिकासँगै इंग्ल्यान्ड र वेस्ट इन्डिज पनि रहेका छन् । समूह '१' मा भने अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश तथा भारत रहेका छन् ।

दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


Author

थप समाचार
x