फुटबल

हान्सी फ्लिक बार्सिलोनाको प्रशिक्षक बन्दै

इकागज |
जेठ १२, २०८१ शनिबार ७:१६:३९ बजे

काठमाडौँ- बार्सिलोनाले हान्सी फ्लिकलाई प्रशिक्षक बनाउने भएको छ ।

बार्सिलोनाले जाभीलाई बर्खास्त गरेर फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको हो । ५९ वर्षीय जर्मनीका फ्लिकसँग बार्सिलोनाले दुई सिजन २०२६ सम्मको लागि सम्झौता गर्ने निश्चित भएको छ ।


फ्लिक यसअघि बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका छन् । उनले २०२३ को सेप्टेम्बरमा जर्मनीको प्रशिक्षक पद छोडेपछि खालि रहेका थिए ।

यस अघि शुक्रबार नै बर्सिलिनाले यस सिजनमा क्लबको खराब प्रदर्शनपछि जाभीलाई बर्खास्त गरेको थियो ।


Author

थप समाचार
x