फुटबल

यूरो कपः पोल्यान्डमाथि नेदरल्यान्ड्सको पुनरागमन जित

इकागज |
असार २, २०८१ आइतबार २०:३९ बजे

काठमाडौँ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सले पोल्यान्डमाथि पुनरागमन जित हात पारेको छ ।

समूह 'डी' अन्तर्गत आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।


नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र ओट वेघर्सले एक-एक गोल गरे । पोल्यान्डका लागि एकमात्र गोल एडम बुक्साले गरे ।

एडमले खेलको १६ औँ मिनेटमा गोल गर्दै पोल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २९ औँ मिनेटमा नेदरल्यान्ड्सका कोडीले बराबरी गोल गरे ।

८३ औँ मिनेटमा वेघर्सले गरेको गोलसँगै नेदरल्यान्ड्सले प्रतियोगितामा विजयी सुरुवात गर्‍यो ।


Author

थप समाचार
x