फुटबल

यूरो कपः सर्बियामाथि इंग्ल्यान्डको संघर्षपूर्ण जित

इकागज |
असार ३, २०८१ सोमबार २:५० बजे

काठमाडौ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत इंग्ल्यान्डले सर्बियामाथि संघर्षपूर्ण जित दर्ता गरेको छ ।

समूह 'सी' अन्तर्गत सोमबार बिहान भएको खेलमा इंग्ल्यान्डले सर्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।


इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले निर्णायक गोल गरे । खेलको १३ औँ मिनेटमा जुडले गरेको गोलसँगै इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक हात पार्‍यो ।

यसै समूहको अर्को खेलमा स्लोभेनिया र डेनमार्कले १-१ गोलको बराबरी खेले ।


Author

थप समाचार
x