फुटबल

यूरो कपः आज राति ३ खेल, जर्मनीले हंगेरीको सामना गर्ने

इकागज |
असार ५, २०८१ बुधबार १७:३६ बजे

काठमाडौँ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत आज राति ३ खेल हुने तालिका रहेको छ ।

पहिलो खेल क्रोएसिया र अल्बानियाबीच हुने तालिका रहेको छ । समूह 'बी' मा रहेका क्रोएसिया र अल्बानियाबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


यसअघि दुवै टिमले आ-आफ्नो खेलमा पराजय भोगेका थिए ।

दोस्रो खेल भने आयोजक जर्मनी र हंगेरीबीच हुने तालिका रहेको छ । समूह 'ए' मा रहेका जर्मनी र हंगेरीबीचको खेल राति ९:४५ बजेबाट सुरु हुने छ ।

यसअघि जर्मनीले पहिलो खेलमा जित हात पारेको थियो भने हंगेरीले पराजय भोगेको थियो ।

त्यसैगरी, समूह 'ए' मै रहेका स्विट्जरल्यान्ड र स्कटल्यान्डबीचको खेल राति १२:४५ बजेबाट सुरु हुने तालिका रहेको छ । यसअघि स्विट्जरल्यान्डले पहिलो खेल जित्दा स्कटल्यान्डले भने पहिलो खेलमा हार भोगेको थियो ।


Author

थप समाचार
x