सरकार

लुम्बिनीमा स्थानीय र बौद्धमार्गीहरूसँग प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)

इकागज |
जेठ १०, २०८१ बिहीबार ९:५९:१६ बजे

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् । 

बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गरेका हुन् । उनले योग र ध्यानका लागि लुम्बिनी आएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रियासमेत गरे ।



Author

थप समाचार
x