संसद्

प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने

इकागज |
असार ५, २०८१ बुधबार ९:० बजे

काठमाडौँ- आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधेयकका छलफलका क्रममा उठेका प्रश्नको विभिन्न मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने तालिका रहेको छ ।

आजको दोस्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीले जवाफ दिने संसद्‌ सचिवालयले जनाएको छ ।


यस अघि पहिलो बैठकमा विभिन्न सांसदहरुले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै खर्च कटौतीको प्रस्ताव पेश गर्ने तालिका रहेको छ ।


Author

थप समाचार
x