संसद्

कानुन मन्त्रालय र कानुन आयोगसँग संसदीय छानबिनि समितिको छलफल

इकागज |
असार ५, २०८१ बुधबार १७:४२ बजे

फाइल फाेटाे

काठमाडौँ - सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले छानबिनका क्रममा आइ पर्ने कानुनी लगायत विविध पक्षहरुमा सरोकारवाला निकायसँग छलफल गरेको छ । 

संसद भवन बानेश्वरमा बुधबार बसेको समिति बैठकले कानुन मन्त्रालय र कानुन आयोगका सचिवसहितका पदाधिकारसँग छानबिनका क्रममा आइ पर्ने कानुनी लगायत विविध पक्षहरुमा छलफल गरेको समिति संयोजक सुर्य थापाले जानकारी दिए । 


समितिको कार्यादेशसँग सम्बन्धित विषयहरूमा कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँड फाँटसँग सम्बन्धित विषयलगायतमा उठेका प्रश्नलाई हल गर्ने प्रयास समेत भएको थापाले बताए । उनले छानबिन, कारवाही सिफारिस लगायतका व्यवस्थामा विद्यमान संवैधानिक अवस्था र यसअघिको अभ्यासका बारेमा स्पष्टता भएको धारणा राखे । 

उनले अर्को बैठक असार १० गते बस्ने र समस्याग्रस्त सहकारीका प्रतिवेदनमा अध्ययन हुने जानकारी दिए । 


Author

थप समाचार
x