दल

कैलाश सिरोहियालाई भेट्न जनकपुर पुगेका विमलेन्द्र निधिले भने- उनीमाथि लगाएको आरोप निराधार

इकागज |
जेठ १०, २०८१ बिहीबार १४:१५:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कैलाश सिरोहियामाथि लगाएको आरोप निराधार भएको बताएका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको र उनीमाथि लगाएको आरोप निराधार भएको बताएका हुन् । सरकारले तत्काल सिरोहियालाई रिहाइ गर्न उनले माग गरे ।


गृहमन्त्रीको दुई वटा नागरिकता रहँदा एउटा बदर गर्ने निर्णय गरेको भन्दै उनले अहिले सिरोहियामाथि सोही आरोप लगाइनु गलत भएको धारणा राखे । उनले प्रशासनको कमजोरीका कारण नागरिकताको व्यहोरा फरक रहन गएको भन्दै कुनै हालतमा किर्ते नभएको दाबी गरे ।

सहकारी प्रकरणमा छानबिन समिति बनाउन कांग्रेसले माग गरेको अवस्थामा राज्यले नै रवि लामिछानेलाई निर्दोष सावित गर्न खोजेको उनले बताए । निधिले सरकार राज्यलाई कब्जा गर्ने नीतिका साथ अघि बढेको भन्दै शान्तिपूर्ण रूपमा आन्दोलनका कार्यक्रमलाई अघि बढाउने जानकारी दिए ।

कैलाश सिरोहियालाई भेट्न नेता निधि जनकपुर पुगेका हुन् ।  


Author

थप समाचार
x