राजनीति

सहकारी ठगी प्रकरण : कार्यदलको बैठक आज पनि बस्दै

इकागज |
जेठ १२, २०८१ शनिबार १२:१:८ बजे

फाइल तस्बिर

काठमाडौँ- सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ । 


कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसद्‌को कारबाही अगाडि बढाउन नदिने बताउँदै आएको छ ।


Author

थप समाचार
x