राजनीति

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम  गर्नुस्–मन्त्री शर्मा

इकागज |
असार ५, २०८१ बुधबार १७:८ बजे

फाइल फाेटाे

काठमाडौँ -  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुबान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्पर्क, समन्वय र सहकार्य गरी कार्य गर्न निर्देशन दिएकी छिन् । मनसुनजन्य घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगिन र  समयमै जनचेतना प्रदान गर्न मातहतका निकायबाट भइरहेका आवश्यक पूर्वतयारीबारे जानकारी लिँदै उनले विपद्का समयमा तत्काल सम्पर्क गर्ने र सूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याउन सुझाव दिइन् । 

मन्त्री शर्माले भनिन्,“मनसुनको पूर्वसूचना दिने, विपद्का  घटनाको तत्काल सही सूचना प्रवाह गरी राहत र उद्धार कार्यमा सबैको सहयोग र समन्वय हुन आवश्यक छ ।”कल्पनानै नगरेको ठाउँमा बाढीपहिरो र डुवानका घटना भएका प्रशस्त उदाहरण रहेकाले राहत र उद्धारका लागि गर्नुपर्ने पूर्व तयारीको पाटोलाई विशेष ध्यान दिन सुझाव दिँदै मन्त्री शर्माले बर्षाद्काकरण अवरुद्ध हुनसक्ने सञ्चार सम्पर्कलाई नियमित तुल्याउनेतर्फ प्रभावकारी तयारी व्यवस्थापनको खाँचो औँल्याइन् ।


विपद्जन्य घटनाकारण इन्टरनेट सेवा प्रवाह र दूरसञ्चार सेवामा प्रवाहमा पर्न क्षतिको आँकलन गरी तत्काल सुचारु तुल्याउने समयन्त्र निर्माण गर्न सुझाव दिँदै उनले पूर्व सूचना संकलन र विपद्बाट बच्न अपनाउनुपर्ने सचेतना समयमै प्रवाह गर्न सुझाव दिइन् । यसअघि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालय र मातहतका निकायले आगामी मनसुनजन्य घटनाका सम्बन्धमा आ–आफना मन्त्रालयबाट भएका तयारी र आगामी दिनको रणनीतिबारे जानकारी लिन  कार्यक्रम आयोजना गरिएको बताइन् ।

 


Author

थप समाचार
x