बागमती

मुख्यमन्त्री जम्कट्टेलको संयोजकत्वमा समिति गठन

इकागज |
जेठ ११, २०८१ शुक्रबार २१:६:३६ बजे

मकवानपुर- बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा ४२ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । 

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले यही जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको हो । सो अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शनलगायतका कार्यक्रम गरिने उनले बताए ।



Author

थप समाचार
x