बागमती

फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो : मुग्लिन-मलेखु खण्ड अवरुद्ध

इकागज |
असार ३, २०८१ सोमबार ६:५३ बजे

भरतपुर- पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।     

सडक निर्माणका क्रममा खनेका ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए ।


उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । 
 


Author

थप समाचार
x