समाज

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

इकागज |
बैशाख ११, २०८१ मंगलबार २१:१३ बजे

फाइल तस्बिर

भक्तपुर- सूर्यविनायक नगरपालिका-१, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज आगलागी हुँदा १७ गाई र एक भैँसीसहितको गाई फार्म जलेर नष्ट भएको छ ।
    
फार्ममा बिजुली सर्ट भई आगलागी हुँदा रु २१ लाख ९० हजार बराबरको क्षति भएको सञ्चालक ईश्वर न्यौपानेले जानकारी दिए । 

गाईभैँसीलाई दाना पानी हालेर खाना खाने तयारी गर्दा अचानक आगो लागेको देखिएपछि निभाउने प्रयास गर्दागर्दै गाईभैँसीका लागि सुक्खा ओछ्याउने सोत्तरमा आगो सल्किएपछि फार्म नै नष्ट भएको उनले बताए ।


आगो लागेपछि स्थानीयवासी, प्रहरी, जुद्ध बारुणयन्त्र भक्तपुरको टोलीले दुई घण्टापछि आगो निभाएका थिए ।


Author

थप समाचार
x