समाज

बाजुरामा हुरीबतासका कारण ४० परिवारका घरमा क्षति

इकागज |
बैशाख १५, २०८१ शनिबार २०:७ बजे

बाजुरा- आज यहाँ आएको हुरीबतासका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो साढे १ बजे आसपासमा आएको हुरीबतासले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिए ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरीबतासले उडाएपछि बस्नयोग्य नभएको वडा सदस्य चदाराले बताए । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताए ।


घर निर्माण भएको एक महिना बित्न नपाउँदै हुरीबतासले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले जानकारी दिए । आधा घण्टा बढी समय चलेको हुरीबतासले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ ।


Author

थप समाचार
x