समाज

झापामा ब्राउनसुगर र गाँजासहित दुई जना पक्राउ

इकागज |
जेठ १०, २०८१ बिहीबार १७:३६:५९ बजे

झापा- झापामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

हिजो बुधकार दिउँसो ४ बजे बिर्तामोड नगरपालिका–५ सुकुमबासी टोलमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का ३६ वर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका ४२ वर्षीय खड्ग नारायण चौधरीलाई चेकजाँच गर्दा उनीहरूको साथबाट ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर, २८९ ग्राम ९७० मिलिग्राम गाँजा र नगद २ हजार ६७० रुपैयाँ फेला परेको थियो ।


साथै उनीहरूबाट स्टिलको प्लेट, बिलेट, प्लाष्टिकको टुक्राहरू, मोबाइल थान-१ फेला पारी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता​ डिएसपी कृष्ण कुँवर चन्दले इकागजलाई जानकारी दिए ।

 


Author

थप समाचार
x