समाज

सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता

इकागज |
जेठ १०, २०८१ बिहीबार १८:२५:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन् ।

पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका छन् । साथै उनी सँगै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्कविहीन बनेका छन् । 


उनीहरूले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको विभागले जनाएको छ । बिहीबार अपरान्ह २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए । साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजी कार्य जारी रहेको विभागले जनाएको छ ।


Author

थप समाचार
x