समाज

एसपी ‍ढकालले इलाममा जेष्ठ नागरिकहरूसँग शान्ति सुरक्षाका विषयमा सुझाव लिए

इकागज |
जेठ १२, २०८१ शनिबार १७:१५ बजे

काठमाडौँ- इलाम रहेका जेष्ठ नागरिकहरूसँग समसामयिक विषयवस्तुहरूमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला प्रहरी कार्यालय इलामको सभा हलमा सम्पन्न भएको कार्यक्रममा इलाम प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जेष्ठ नागरिकहरूसँग वर्तमान शान्तिसुरक्षाको विषयवस्तुमा राय सुझाव लिएका छन् ।


सहभागी जेष्ठ नागरिकहरूले आफूले थाहा पाएसम्म यस्तो भेटघाट कार्यक्रम हालसम्म नभएको हुँदा यो परिचयात्मक भेटघाट ऐतिहासिक भएको र विगतको प्रहरीभन्दा हालको प्रहरी कर्मचारीको काम कारबाही गर्ने शैली धेरै नै फरक रहेको बताए । त्यसै गरी जेष्ठ नागरिकहरूलाई आफ्नै अभिभावकको रूपमा सम्झी बोलाएर गुनासो सुनि दिएकोमा खुसी व्यक्त गदै जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख तथा जिल्ला प्रहरी कार्यालय इलाम परिवारलाई धन्यवाद दिएका छन् ।


Author

थप समाचार
x