समाज

नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

इकागज |
जेठ १२, २०८१ शनिबार १९:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार दुई जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु हुनेहरूमा ककनी गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर १० का १९ वर्षीय रोजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । मृतकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।


बेहोस अवस्थामा प्रहरीले उद्धार गरी त्रिशूली अस्पताल उपचारका लागि पुर्याउदा चिकित्सकले मृत घाेषणा गरेको प्रहरीले जनाएको छ ।

 


Author

थप समाचार
x