समाज

सप्तरीबाट पेस्तोलसहित दुई जना पक्राउ

इकागज |
जेठ १२, २०८१ शनिबार १९:४३ बजे

सप्तरी- सप्तरीको खडक नगरपालिका-८ भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २ राउण्ड र म्यागजिन २ थानसहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुरूङ्गा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय बिशेश्वरप्रसाद साह र काठमाडौँ टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बमबहादुर तामाङ रहेका छन् ।


इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x