समाज

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

इकागज |
जेठ १३, २०८१ आइतबार १५:१७ बजे

काठमाडौँ- नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । 

आइतबार विभिन्न माग राख्दै नेपाल पत्रकार महासंघको केन्द्रीय समितिका केही सदस्यहरूले तालाबन्दी गरेका हुन् । पत्रकार महासंघको सदस्यता विधान बमोजिम संगठन समिति र केन्द्रीय समिति मार्फत पास गरेर मात्रै सार्वजनिक गर्न माग राख्दै तालाबन्दी गरिएको महासंघको लेखा समिति सदस्य मुकुन्दप्रसाद भण्डारीले जानकारी दिए ।


यस्तै ​स्वघोषित कार्यदलले तयार पारेको सूची खारेज गर्न, सदस्यता शुद्धीकरणका नाममा गरिएको मनपरी र बलजफ्ती बन्द गर्न, केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिहरूको गरिमा कायम गर्न, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्न र विधानविपरीतका गतिविधि बन्द गर्न लगायतका मागहरू समितिका केही सदस्यहरूले ​राखेका छन् ।

पत्रकार महासंघ यही जेठ २६ गते निर्वाचन घोषणा गरिएको छ । निर्वाचन नजिकिँदै जाँदा पनि सदस्यहरूको नाम सार्वजनिक नगरेको भन्दै महासंघको आलोचना पनि भइरहेको छ ।


Author

थप समाचार
x