समाज

विराटनगर विमानस्थल तीन दिनपछि सञ्‍चालनमा

इकागज |
कात्तिक ६, २०७८ शनिबार ७:२४ बजे

फाइल तस्‍बिर

विराटनगर -  विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ । तत्काल रात्रिकालीन उडान हुने छैन। 



Author

थप समाचार
x