विश्व

अमेरिकी अनुदानपछि चिप्स आपूर्ति श्रृंखला विस्तार गर्ने तयारीमा सामसङ

इकागज |
बैशाख ४, २०८१ मंगलबार १२:५७ बजे

काठमाडौँ- अमेरिकाले ६.४ बिलियन अमेरिकी डलर अनुदान दिने तथा थप लगानी गर्ने भएपछि दक्षिण कोरियाली कम्पनी सामसङले चिप्स आपूर्ति श्रृंखला विस्तार गर्ने भएको छ ।

सामसङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा आफ्नो विश्वव्यापी सेमीकन्डक्टर आपूर्ति श्रृंखला विस्तारलाई गति दिने तयारी गरेको आईएएनएसले जनाएको हो ।


बाइडेन प्रशासनको घोषणा अन्तर्गत दक्षिण कोरियाली चिप निर्माताले सामसङले २०२२ चिप्स एन्ड साइन्स एक्टअन्तर्गत ६.४ बिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्नेछ ।

यसको उदेश्य भनेको यस दशकको अन्त्यसम्ममा अमेरिकी सेमिकन्डक्टर उत्पादनलाई विश्वकै चिप्सको २० प्रतिशतमा पुर्‍याउने लक्ष्य राखिएको बताइएको छ ।

उक्त अनुदानले अमेरिकाको टेलर र अस्टिनमा सामसङ इलेक्ट्रोनिक्सको चिप उत्पादन सुविधा, अन्य अनुसन्धान केन्द्रहरू र प्याकेजिङ सुविधाहरूलाई सहयोग गर्ने समाचारमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x