विश्व

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

इकागज |
बैशाख ११, २०८१ मंगलबार १२:४० बजे

काठमाडौँ - सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुई वटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।


यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौ सेना आधार रहेको छ । दुर्घटनामा परेको एउटा हेलिकोप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए ।​

मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेसियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए । स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर एक स्टेडियममा ठोक्किएर ठोक्किएका थिए ।
 


Author

थप समाचार
x