विश्व

अन्तर्राष्ट्रिय अदालतको आदेशपछि यस्तो छ इजरायलको प्रतिक्रिया

इकागज |
जेठ १२, २०८१ शनिबार १२:५४:४१ बजे

काठमाडौँ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका केही सहयोगीहरूले आईसीजेको निर्णयपछि आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् । उनले अदालतलाई यहूदी विरोधी र हमासको पक्षमा रहेको आरोप लगाएका छन् ।

तर अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले राफाहमा सैन्य कारबाही रोक्न आदेश दिएपछि पनि इजरायलले आफ्नो अडान परिवर्तन गर्ने कुनै संकेत देखिएको छैन ।


इजरायली ट्याङ्कहरू अझै पनि रफाहको मध्य क्षेत्रमा पुगिरहेका छन् । इजरायली सरकारका पूर्व प्रवक्ता इलोन लेभीले फैसला सुनाउने प्रधानन्यायाधीश लेबनानी भएको आरोप लगाएका छन् ।

आईसीजेले इजरायललाई गाजाको रफाहमा भइरहेको सैन्य कारबाही रोक्न आदेश दिएको थियो । आईसीजेले दक्षिण अफ्रिकाको याचिकामा यस्तो निर्णय गरेको हो ।

आईसीजेले इजरायलले रफाहमा भइरहेको सैन्य कारबाही तत्काल बन्द गर्नुपर्ने र यसले प्यालेस्टाइनका लागि खतरा रहेको बताएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार यो आदेशपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद् र विदेश मन्त्रालयले संयुक्त वक्तव्य जारी गर्दै दक्षिणी गाजा सहरमा बसोबास गर्ने सर्वसाधारणको ज्यान जोखिममा पार्ने कारवाही इजरायलले बन्द नगरेको बताएको छ । 


Author

थप समाचार
x