नेकपा एमाले १०औँ महाधिवेशन

एमाले अध्यक्षमा केपी ओलीले गरे मनोनयन दर्ता

इकागज |
मंसिर १३, २०७८ सोमबार ९:५१ बजे

सौराहा- नेकपा (एमाले)मा अन्तत निर्वाचन हुने भएको छ । 

अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल रहेका छन् भने शंकर पोखरेल समर्थक रहेका छन् । 


एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । 

अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो ।

रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।

 


Author

थप समाचार
x