नेकपा एमाले १०औँ महाधिवेशन

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध

इकागज |
मंसिर १३, २०७८ सोमबार ११:१८ बजे

फाइल तस्बिर

चितवन- नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष पदका लागि कसैको पनि उम्मेद्‌वारी नपरे पछि ईश्वर पोखरेल निर्विरोध भएका छन । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेलले निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि वरिष्ठ उपाध्यक्षमा नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् ।  


निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
 


Author

थप समाचार
x