नेकपा एमाले १०औँ महाधिवेशन

एमाले महाधिवेशन: ट्रेड युनियन क्लष्टरका ६ जना निर्विरोध निर्वाचित

इकागज |
मंसिर १३, २०७८ सोमबार १२:२२ बजे

काठमाडौँ - नेकपा एमालेको १०औं महाधिवेशनमा श्रमिक क्लष्टरका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन । 

निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नाममा अन्यले उम्मेदवारी नदिए पछि ट्रेड युनियन (श्रमिक) कोटाका सबै उम्मेदवार निर्विरोध भएको एमाले नेता रमेश बडालले जानकारी दिए ।


बिनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापासहित महिला कोटाका मञ्जुकुमारी थापा मगर र सीता लामा निर्विरोध निर्वाचित भएका हुन । यद्यपि, निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरेको भने छैन ।


Author

थप समाचार
x