प्रवास

साउदीमा अवैधरूपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

इकागज |
असोज ३, २०७९ सोमबार १२:३९ बजे

फाइल तस्बिर

काठमाडौं - साउदी अरबमा विभिन्न कारण अवैधरूपमा रहेका ५८ जना नेपालीलाई स्थानीय प्रशासनले स्वदेश फर्किनको लागि बहिर्गमन (एक्जिट भीसा) प्रदान गरेको छ । सेप्टेम्बर १५ सम्ममा ती भीसा प्राप्त भएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ । 

साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भीसा का लागि दूतावासले अनुरोध गरेको थियो । 


दूतावासको अनुरोध गरेकामध्ये ५८ जनालाई एक्जिट भीसा दिइएको हो । एक्जिट भीसा आएकाहरूले दूतावासमा आएर आफ्नो एक्जिट भीसा लिएर जान दूतावासले अनुरोध गरेको छ । स्थानीय कानुनअनुसार एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने हुन्छ । 

एक्जिट भीसा प्रोसेसिङ् निःशुल्क हुने भए पनि एक्जिट भीसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।


Author

थप समाचार
x