प्रवास

५ लाख अभाव झेल्दै मलेसियाकाे अस्पतालमा खोटाङका खिलबहादुर

इकागज |
असोज १३, २०७९ बिहीबार १३:२५ बजे

काठमाडौँ- मलेसियामा दश वर्षअघि रोजगारीका लागि पुगेका एक नेपाली अस्पतालमा अलपत्र परेका छन् । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका खिल बहादुर पौडेल अस्पतालमै अलपत्र परेका हुन् । उनको सानो कोठामा राखी उपचार भइरहेको छ ।

अस्पतालमा करिब पाँच लाख रुपैयाँ बुझाउन बाँकी रहेको परिवारले जानकारी दिएका छन् । उनको उपचारका लागि आर्थिक अभाव हुँदै गइरहेको छ । हालसम्म मलेसियामा विभिन्न संघ- संस्था तथा व्यक्तिको सहयोगमा उपचार भइरहे पनि थप उपचार गर्न खर्च अभाव भएको छ ।


मलेसियास्थित दूतावासलाई पनि पौडेलको उद्धार गर्न आग्रह गरिसकेको परिवारले जनाएका छन् । मलेसियामा उपचाररत पौडेलकी छोरीले भने,' नेपालमा उद्धार गरेर ल्याउन खोजेका छौ । यहाँ ल्याएर उहाँलाई उपचार गर्ने तयारीमा जुटेका छौ । आर्थिक अवस्था कमजोर भएकाले ल्याउन सकिरहेका छैनौ ।'

टिकट खर्च मात्र जुटाउन सके पनि बाबालाई उद्धार गरेर ल्याउने उनको भनाइ छ । टिकट खर्च रकम सहयोगका लागि उनले अपिल गरेकी  छन् ।

वैदेशिक रोजगार बोर्डले श्रम गरेको अवधिभन्दा बढी समय भएकाले केही गर्न नसक्ने बताएको छ । बोर्डको ऐनमा कतिपय कुराहरूले उद्धार गर्न नदिने जनाएको छ ।


Author

थप समाचार
x