प्रवास

जापानमा सामूहिक भाइटीका लगाइने

इकागज |
कात्तिक ९, २०७९ बुधबार १४:८ बजे

सांकेतिक तस्बिर

जापान- जापानमा दिदीबहिनीबाट टाढा भएका दाजुभाइहरूका लागि सामूहिक भाइटीका लगाइने भएको छ । विशेष कारणले आफ्ना दिदीबहिनीहरूसंगै तिहार मनाउन नपाएका दाजुभाइहरूका लागि दिदीबहिनी समूहले सामूहिक भाइटीका लगाइदिने भएका हुन् ।

समूहकी अनिता गुरुङले भनिन्, ’परदेशमा बाध्यताले तिहार मनाउन नपाएका दाजुभाइको निधार खाली नहोस् भनेर सामूहिक भाइटीका लगाउने योजना बनाएका हौं,’ बिहीबार टोकियोमा शिनओकुवोस्थित द रोयल गार्डेन रेस्टुरेन्टमा सामूहिक भाइटीका लगाइदिने कार्यक्रम छ ।'


टोकियोमा भाइटीका लगाउन चाहने नेपालीलाई निम्ता पनि गरिएको दिदीबहिनी समूहले बताएको छ ।


Author

थप समाचार
x