प्रवास

प्रवासी नेपाली मञ्चको अधिवेशन १९ र २० गते काठमाडौँमा

इकागज |
कात्तिक १६, २०७९ बुधवार १६:२९ बजे

काठमाडौँ- विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते  काठमाडौँमा हुने भएको छ ।

मञ्चले आज यहाँ पत्रकार सम्मेलन गरी 'सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली' भन्ने मूल नाराका साथ काठमाडौँमा अधिवेशन आयोजना गर्न लागिएको जानकारी दिएको हो । अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँच महादेश कमिटीबाट पाँच जनाको दरले २५ र हरेक राष्ट्रिय कमिटीबाट गरी तीन सय प्रतिनिधि सहभागी हुने छन् ।


अधिवेशनमा राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ । प्रवासी नेपाली मञ्चको इन्चार्जका रूपमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एंव विदेश विभाग प्रमुख डा राजन भट्टराईले सङ्गठनलाई नेतृत्व प्रदान गरिरहेका छन् ।

सोही अवसरमा विदेश विभाग प्रमुख डा भट्टराईले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन प्रयास भइरहेको जानकारी दिए ।


Author

थप समाचार
x