प्रवास

अमेरिकामा सुरसुधाको 'हिलिङ थ्रु म्युजिक कन्सर्ट' हुने

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार १०:२२ बजे

काठमाडौँ- अमेरिकामा सुरसुधाको हिलिङ थ्रु म्युजिक कन्सर्ट हुने भएको छ । डेनभर शहरमा नेपालको सुरसुधा समूहको ‘हिलिंग थ्रु म्युजिक’ कन्सर्ट आयोजना हुने लागेको हो ।

भोलि ५ देखि २६ नोभेम्बरसम्म अमेरिकाको विभिन्न सात राज्यमा सांगितिक कार्यक्रम हुने ब्याण्डका म्यानेजर विनिशा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार क्लोराडो, न्युयोर्क, न्यु जर्सी, भर्जिनिया, नर्थ क्यारोलिना,ओरेगन र क्यालिफोर्नियामा समूहले विभिन्न समयमा आफ्नो प्रस्तुति दिनेछन् ।


क्लोराडो फाइन आर्ट्सएसोसिएसनले आयोजना गरेको कार्यक्रम डेनभरमा ब्रुमफिल्ड अडिटोरियममा हुने भएको छ । सुरसुधा समूहमा तबला वादक सुरेन्द्र श्रेष्ठ, बाँसुरीमा रमन महर्जन, गितारमा विकास सुनार, र गायनमा सरस्वती खत्री रहेकी छन् । सुरसुधा समूहले फरक किसिमले प्रस्तुति दिने पनि श्रेष्‍ठले उल्लेख गरिन् ।

सुरसुधाको अलग पहिचान कायम हुनेमा पनि आफू विश्वस्त रहेको उनको भनाइ छ । सुरसुधा नेपालको पुरानो क्लासिकल म्यूज़िक ग्रुप हो । टाईम्स म्युजिकको सहकार्यमा सुरसुधाको ‘महामृत्युजन्य मन्त्र’ सर्वाधिक चर्चित भएको थियो । जसमा सरस्वती खत्रीसहित अभिनेत्री मनिशा कोईरालाले पनि गाएकी थिइन्।

 


Author

थप समाचार
x